Logo

सोमवार, श्रावण २५ गते २०८३

images

रौतहटमा मनी ट्रान्सफरका सञ्चालक माथि गोलि प्रहार गरी लुटपाट

रौतहटमा मनी ट्रान्सफरका सञ्चालक माथि गोलि प्रहार गरी लुटपाट

दैनिकी न्यूज

२, चैत्र २०८०
रौतहटमा मनी ट्रान्सफरका सञ्चालक माथि गोलि प्रहार गरी लुटपाट
images

काठमाडौं । रौहतट जिल्लामा मनी ट्रान्सफरमा लुटपाट भएको छ। रौतहटको परोहा नगरपालिका वडा नं. ९ खापचोकस्थित शिवम मनी ट्रान्सफरमा लुटपाट भएको हो।

शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित आएका तीनजना भारतीय लुटेराले मनी ट्रान्सफर सञ्चालकलाई धम्क्याउँदै लुटपाट गरेका हुन्। त्यस क्रममा लुटेराहरूले मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहलाई गोली प्रहार गरेका छन्। उनको टाउकोमा गोली लागेको प्रहरीले जनायो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एलिजा गिरीले घटनाको पुष्टि गर्दै घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको बताइन्। गिरीका अनुसार साहमाथि गोली प्रहार गर्ने भारत मोतिहारीका मुनिशकुमार यादव र राजनकुमार पासवान, चन्द्रभान सिंहलाई पक्राउ गरिएको छ ।

रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले एक थान पेस्तोल सहित घटनाको केही बेरमै नियन्त्रणमा लिएको हो। प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ।

images
प्रकाशित मिति :चैत्र २, २०८० शुक्रवार - १५:४१:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology