Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पूर्वसभामुख महरा पक्राउ

पूर्वसभामुख महरा पक्राउ

दैनिकी न्यूज

५, चैत्र २०८०
पूर्वसभामुख महरा पक्राउ
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय सिगरेट (भेप) मार्फत गरिएको नौ किलो सुन तस्करी प्रकरणमा जोडिएका महरा सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई भैरहवाबाट विमानमार्फत काठमाडौं ल्याएको छ । थप अनुसन्धान गर्न महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा बुझाइएको छ ।

०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत ७३ बट्टामा ल्याएको ७३० थान भेपमा नौ किलो सुन भेटिएको थियो । उक्त भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचका क्रममा भन्सार कार्यालयले रोकेको थियो । तर, सुन छुटाउन महरा र उनका छोरा राहुलसंलग्न भएका थिए ।

भेप ल्याउने चिनियाँ समूहसँग महराको निरन्तर फोन सम्पर्क देखिएको थियो । सो प्रकरणमा सीआईबीको टोलीले गएको भदौ १३ गते उनका छोरा राहुल महरालाई पक्राउ गरेको थियो । राहुल पुर्पक्षका लागि थुनामा छन् ।

images
प्रकाशित मिति :चैत्र ५, २०८० सोमवार - १६:१०:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology