Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एनआरएनए युएईको आयोजनामा युएईमा भलिबल प्रतियोगिता हुने

एनआरएनए युएईको आयोजनामा युएईमा भलिबल प्रतियोगिता हुने

दैनिकी न्यूज

८, चैत्र २०८०
एनआरएनए युएईको आयोजनामा युएईमा भलिबल प्रतियोगिता हुने
images

युएई । “स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ नेपाल एसोसियसन–एनआरएनए एनसीसी युएईको आयोजनामा युएईमा अन्तराष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने भएको छ ।

युएईमा पहिलो पटक सर्वाधिक राशी सहितको तेस्रो एनआरएनए भलिबल कप प्रतियोगिता हुने भएको हो । प्रतियोगिता यही अप्रिल १४ तारिखका दिन युएईको दुवई सहर स्थित अल वासल स्पोर्ट्स क्लब, जद्दाफमा हुने भएको छ ।

खेलकुदका माध्यमबाट आपसी भाईचारा, सामाजिक सदभाव, नेपालीपन तथा मेलमिलापको भावना विकास होस् भन्ने उद्येश्यका साथ नेपाल एसोसिएसन(एनआरएनए एनसीसी युएईले हरेक वर्ष झैं यसवर्ष पनि बार्षिक कार्यतालिका अनुसार भलिबल प्रतियोगिता आयोजना गर्न लागेको नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईका अध्यक्ष विकास शाहीले जानकारी दिए ।

अध्यक्ष शाहीले युएईमा स्थापित सम्पुर्ण संघसंस्थाहरू तथा युएईमा रहेका नेपाली भलिबल क्लबहरुलाई आफ्नो टिम दर्ता गर्न अपिल पनि गरे । उनले यो प्रतियोगिता सम्पूर्ण नेपालीहरूको साझा प्रतियोगिता भएकोले सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई उक्त खेलमा सहभागी भई खेलाडीहरुलाई हौसला प्रदान गर्न र खेलको मनोरञ्जन लिन अनुरोध गरे ।

प्रतियोगितामा अहिले सम्मकैं सर्वाधिक राशी पुरस्कार राखिएको कार्यक्रम सयोजक अपिल भट्टराई बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद १० हजार दिराम (कप, मेडल र प्रमाणपत्र) पाउनेछन भने दोस्रो हुने टिमले नगद ६ हजार दिराम (कप, मेडल र प्रमाणपत्र), तेस्रो हुने टिमले नगद ४ हजार दिराम (कप, मेडल र प्रमाण–पत्र) प्राप्त गर्नेछन् त्यस्तैं सान्त्वना पुरस्कार २ हजार दिराम (कप, मेडल र प्रमाणपत्र) रहेको कार्यक्रम संयोजक भट्टराईले जानकारी दिए ।

प्रतियोगिताका संयोजक भट्टराईले यूएईस्थित नेपालीबीचमा भाईचारा स्थापना गर्दै भलिवल खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गर्न लागिएको बताए ।

त्यस्तैं बिधागत तर्फ बेस्ट प्लेयर, बेस्ट लिब्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सेटर, बेस्ट टिम कोच, बेस्ट सर्भर, बेस्ट कुइकर लगायतका विधामा पनि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका सहसयोजक जीवन सिंह ठकुरीले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन ८ अप्रिलसम्म टिम दर्ता गराउनुपर्ने ठकुरीले बताए । टिम दर्ता शुल्क १ हजार दिराम भएको सहसंयोजक ठकुरीले जानकारी दिए ।

युएईको इतिहासमा भलिवलतर्फ पुरस्कार राशी सर्वाधिक रहको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन नेपालबाट एक दर्जन भन्दा बढी राष्ट्रिय स्तरका खेलाडी आउने पक्का पक्की भएको अध्यक्ष शाहीले जानकारी दिए ।

आयोजकले प्रतियोगितामा हरेक टिमले २ जनासम्म राष्ट्रिय स्तरका खेलाडी राख्न पाउने व्यवस्था गरेको छ ।

प्रतियोतिाको तयारी तिव्र गतिमा भईरहेको नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईका महासचिव भुवन वाग्लेले जानकारी दिए । खेलकुद बिभागले कार्यक्रमको भव्य तयारी गरेको बताउँदैं वाग्लेले प्रतियोगितामा सहभागी हुन सम्पूर्ण खेलाडी र खेलप्रेमीहरुलाई आग्रह गरे ।

images
प्रकाशित मिति :चैत्र ८, २०८० बिहिवार - ०६:४४:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology