ललितपुर । राष्ट्रिय सतर्कता केन्द्रले बिहीमार ललितपुरका तीन कार्यालय ललितपुर महानगरपालिका, नापि कार्यालय र मालपोत कार्यालयमा छड्के अनुगमन गरेको छ ।
छड्के अनुगमनका क्रममा ललितपुर महानगरपालिकाका २५ जना कर्मचारी पोशाक नलगाएको अवस्थामा भेटिएका छन् । टोलीले छड्के अनुगमन गर्दा १४ जना कर्मचारी समय पालना नगरेको भेटिएको केन्द्रले जनाएको छ ।
यस्तै केन्द्रले मालपोत कार्यालय ललिपतुरमा छड्के अनुगमन गर्दा नौ जना कर्मचारीले पालना नगरेको, आठ जनाले तोकिएको पोशाक नलगाएको र चार जना कार्यकक्षमा नभएको पाइएको केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार नापी कार्यालय ललितपुरमा गरिएको अड्के अनुगमनमा दुई जना तोकिएको पोशाक नलगाएको मात्रै भेटिएका छन् ।
छड्के अनुगमनका क्रममा ललितपुर महानगरपालिका र मालपोत कार्यालयमा स्तनपान कक्ष नभएको पाइएको छ भने मालपोत कार्यालयमा सहायता कक्ष नभएको पाइएको छ ।
