ललितपुर । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. २६ ढोलाहिटीमा दुईजनाको हत्या भएको छ ।
गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घरभई हाल ढोलहिटी बस्ने २८ वर्षिय रोवस राई र पाचथर घर भई खुमल्टार बस्ने ३० वर्षका पुजन राई रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताए । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।
घटनामा संलग्न भएको आशंकामा १८ जना जना पक्राउ परेका छन् । प्रहरीले घटनास्थलबाट चुप्पी र विड चुप्पीको भाँचिएको चुप्पि बरामद गरेको छ ।
घटनाबारे प्रहरीले राति ११ बजे थाहा पाएको र थाहा पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको प्रहरीको भनाई छ ।