Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुर्यज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रतिशत लाभांश दिने

सुर्यज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रतिशत लाभांश दिने

दैनिकी न्यूज

२२, चैत्र २०८०
सुर्यज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रतिशत लाभांश दिने
images

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको चैत्र २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–०८० को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १०.२६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २४.७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब ५४ करोड छ । 

images
प्रकाशित मिति :चैत्र २२, २०८० बिहिवार - ०७:२७:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology