Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउले बनायो नयाँ रेकर्ड

सुनको भाउले बनायो नयाँ रेकर्ड

दैनिकी न्यूज

३०, चैत्र २०८०
सुनको भाउले बनायो नयाँ रेकर्ड
images

काठमाडौं । आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ हजार ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भईरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा २४ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको ५० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :चैत्र ३०, २०८० शुक्रवार - १३:१५:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology