Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरको बडीखेलमा डढेलो निभाउँदा घाइते भएका रमेश पहरीको पनि मृत्यु

ललितपुरको बडीखेलमा डढेलो निभाउँदा घाइते भएका रमेश पहरीको पनि मृत्यु

दैनिकी न्यूज

१९, बैशाख २०८१
ललितपुरको बडीखेलमा डढेलो निभाउँदा घाइते भएका रमेश पहरीको पनि मृत्यु
images

ललितपुर । ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ४ स्थित तपेश्वर सामुदायिक बनमा डढेलो निभाउन जाँदा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा नं. ४ घर भएका ५० वर्षीय रमेश पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

मङ्गलवार डढेलोमा परेर घाइते भएका उनलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पतालमा राखिएको थियो । सो जङ्गलमा आगो निभाउन गएका ३५ वर्षीय शङ्कर पहरीको हिजो (मङ्गलवार) मृत्यु भएको थियो । मंगलबार दिउँसो डढेलो निभाउने क्रममा उनीहरू घाइते भएका थिए ।

ललितपुरको तपेश्वर, लेले र आनन्दवनमा डढेलो लागिरहेको छ ।

images
प्रकाशित मिति :बैशाख १९, २०८१ बुधवार - ११:५३:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology