Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आईएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

आईएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

दैनिकी न्यूज

२०, बैशाख २०८१
आईएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
images

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–०८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत ९.५० प्रतिशतले हुन आउने ३८ करोड बराबरको नगद लाभांश गरि कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब रहेको छ । २५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ५ अर्ब पुग्ने छ। 

images
प्रकाशित मिति :बैशाख २०, २०८१ बिहिवार - १०:१७:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology