Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बढ्यो नेप्से, ५ अर्ब ८९ करोडको सेयर कारोबार

बढ्यो नेप्से, ५ अर्ब ८९ करोडको सेयर कारोबार

दैनिकी न्यूज

३०, जेठ २०८१
बढ्यो नेप्से, ५ अर्ब ८९ करोडको सेयर कारोबार
images

काठमाडौं । बुधबार नेप्से परिसूचक ६.३७ अंकले बढेको छ। बुधबार नेप्से सूचक १.३० प्रतिशतले बढेर २ हजार १२१.६२ विन्दुमा बन्द भएको छ। यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

मंगलबार पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रूपैयाँको कारोबार भएकोमा बुधबार पाँच अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३४ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३१२ वटा धितोपत्रको एक करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर किनबेच भएको हो।

बुधबार ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ वटाको घटेको छ। यस्तै, १३ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन चार कम्पनीहरूको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने समृद्धि फाइनान्स र ग्रिन लाइफ हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ।

सयपत्री हाइड्रोपावरको मूल्य सर्वाधिक ४।४८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रति कित्ता मूल्य ५३३ रूपैयाँ कायम भएको छ। यस्तै, इस्टर्न हाइड्रोपावरको मूल्य ४.४६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५७९ रूपैयाँमा झरेको छ।

बुधबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ६९४ रूपैयाँमा २७ करोड ६३ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.७४ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ४८ रूपैयाँमा २४ करोड ४८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक एक प्रतिशतभन्दा कमले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशतले बढेको छ।

advertise local3_page-0001.jpg

images
प्रकाशित मिति :जेठ ३०, २०८१ बुधवार - १६:५७:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology