Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रधानमन्त्रीमा केपी ओली नियुक्त

प्रधानमन्त्रीमा केपी ओली नियुक्त

दैनिकी न्यूज

३०, आषाढ २०८१
प्रधानमन्त्रीमा केपी ओली नियुक्त
images

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आज .आइतबारं ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।


राष्ट्रपति पौडेलले दुई वा दुईभन्दा बढी दललाई नयाँ सरकार गठनको दाबी पेस गर्न आह्वान गरेपछि ओलीले नेपाली कांग्रेसको समर्थनसहित शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए।


ओलीको शपथग्रहण भने भोलि (सोमबार) मात्रै हुने भएको छ। बिहान ११ बजे शीतलनिवासमा शपथग्रहण हुने गरी राष्ट्रपति कार्यालयले व्यवस्थापन तथा पत्राचार गरेको छ।

ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएका हुन्। गत असार १७ गते कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्न सहमति भएको थियो।

images
प्रकाशित मिति :आषाढ ३०, २०८१ आइतवार - १९:५३:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology