Logo

आइतवार, श्रावण २४ गते २०८३

images

हिमालय उर्जाले साउन २४ गतेदेखि हकप्रद जारी गर्ने

हिमालय उर्जाले साउन २४ गतेदेखि हकप्रद जारी गर्ने

दैनिकी न्यूज

६, श्रावण २०८१
हिमालय उर्जाले साउन २४ गतेदेखि हकप्रद जारी गर्ने
images

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले आगामी साउन २४ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रुपैयाँबराबरको १ः१ अनुपातमा रु. १०० अंकित दरका ९९ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको केन्द्रीय कार्यालय र रामेछापको गोकुल गंगा गाउँपालिकामा रहेकमो लक्ष्मी सनराइज बैंकको शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन्।

यो हकप्रदमा आवेदन दिने अन्तिम मिति भदौ १२ गते रहेको छ । हकप्रद सेयरको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत असार २० गते बुक क्लोज गरेको थियो। यसर्थ असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले शतप्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत असार ७ गते स्वीकृति पाएको थियो । 

images
प्रकाशित मिति :श्रावण ६, २०८१ आइतवार - ०८:२८:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology