Logo

आइतवार, श्रावण २४ गते २०८३

images

इन्टरनेशनल वादो फेडरेशन नेपाल ललितपुरको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

इन्टरनेशनल वादो फेडरेशन नेपाल ललितपुरको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

दैनिकी न्यूज

१२, श्रावण २०८१
इन्टरनेशनल वादो फेडरेशन नेपाल ललितपुरको तेस्रो जिल्ला अधिवेशन सम्पन्न
images

ललितपुर । नेपाल कराते महासंघमा आवद्ध कराते खेल संघ इन्टरनेशनल वादो फेडरेशन नेपाल ललितपुरको तेस्रो जिल्ला अधिवेशन सम्पन्न सम्पन्न भएको छ । आज (शनिबार) ललितपुरमा सम्पन्न भएको अधिवेशनले राजु महर्जनको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा हरि तामाङ, उपाध्यक्षमा रञ्जित लामा, प्रदिप महर्जन, शम्भु तामाङ, र राजेश महर्जन चयन भएका छन् । अधिवेशनबाट डुकुछापका गौतम तिमल्सिना सचिवमा, सञ्जिव महर्जन सहसचिवमा र करिना महर्जन कोषाध्यक्षमा चयन भएका छन् ।

अधिवेशनले मनिषा वि.क. धञ्जिता लामा, रञ्जित नगरकोटी, रसिला नगरकोटी, इश्वर तामाङ,राजिव महर्जन, रिज्य महर्जन, विशेष महर्जन, निरोज कपाली र रेनु महर्जनलाई कार्यसमिति सदस्यमा चयन गरेको छ।

अधिवेशनको उद्घाटन सत्रमा मन्तव्य राख्दै कराते महासंघ ललितपुर जिल्ला अध्यक्ष दयाराम महर्जनले खेलाडीहरुले गुरुलाई सम्मान गर्ने परम्परा नै हराउँदै गएको भन्दै आगामी दिनमा अनुशासित रुपमा खेल प्रदर्शन गर्ने र खेल सिकाउने गुरुहरुको सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताए ।

453008680_8310748518985324_4354498702530838143_n.jpg

'गुरुको सम्मान गर्ने परम्परा हुनुपर्छ। खेलाडीले अनुशासित भएर अभ्यास गर्नुपर्छ । खेलकुद जगतलाई सम्मानित क्षेत्रको रुपमा विकास गर्न हामी सबै लाग्नुपर्छ ।' उनले भने ।

अहिले खेलकुदमा लागेर जीवन विताउनेहरुको अवस्था अत्यन्तै कमजोर रहेको उनको भनाइ थियो । खेलाडी र प्रशिक्षकहरुको आर्थिक अवस्था नाजुक हुँदा समस्या भएको बताउँदै उनले यस्तो अवस्थालाई सुधार गर्न ध्यान दिएर लाग्नुपर्ने बताए ।

वादोकाइ करातेका प्रशिक्षक सिहन मोहन महर्जन यश संघमार्फत कराते खेलको प्रतियोगिताहरुलाई सक्रिय बनाउन आग्रह गरे । संघले सञ्चालन गर्ने क्रियाकलाप तथा खेलकुद गतिविधिबाट थप प्रशिक्षक उत्पादन हुने विश्वास व्यक्त गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे।

नेपाल पत्रकार महासंघका सचिव रामहरि कार्कीले खेलकुदका गतिविधिहरुलाई प्रचारप्रसार गर्न सहयोग गर्ने बताउँदै दूरदराजका खेलाडीहरुलाई अवसर सृजना गर्नका लागि स्थानीय तहसंग समन्वय गर्न आग्रह गरे ।

खेलाडी, प्रशिक्षक नेकपा एमालेका जिल्ला सदस्य चिन लामाले खेलाडीहरुले काम र खेल प्रशिक्षणमा विश्वास गर्छन् भन्दै खेलकुदमा विरासत कायम राख्न सक्ने सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे । उनले सहकार्य र समन्वयका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सफलता मिलोस् भन्दै खेलकुद क्षेत्रमा गर्नुपर्ने प्रशिक्षण र प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरे ।

महासंघका सचिव विजय खड्काले २०५६ सालमा नेपालमा स्थापित संघ राष्ट्रिय खेलकुद परिषदमा १६६ नम्बरमा दर्ता रहेको जानकारी गराए ।

निवर्तमान अध्यक्ष जनक लामाले २०५८ सालमा स्थापित जिल्ला संघले खेलकुदका कार्यक्रमहरूलाई निरन्तरता दिंदै आएको बतनए । उनले आफू उमेरको आधारमा विश्रम लिन चाहान्छु भन्दै नयाँ निर्वाचितसमितिले राम्रो काम गर्ने विश्वास छ भन्दै शुभकामना व्यक्त गरे।

453126067_484665040968525_8848403556778349093_n.jpg

453091438_8310748432318666_7586928123987281723_n.jpg

images
प्रकाशित मिति :श्रावण १२, २०८१ शनिवार - १८:५७:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology