Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पेट्रोलियम पदार्थको भाउ घट्यो

पेट्रोलियम पदार्थको भाउ घट्यो

दैनिकी न्यूज

१७, श्रावण २०८१
पेट्रोलियम पदार्थको भाउ घट्यो
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले गए राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको भाउ प्रतिलिटर एक रुपैयाँ र डिजेलको भाउ प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको भाउ प्रतिलिटर ०।९८ र डिजेलको मूल्य प्रतिलिटर २.२८ रुपैयाँले घटेर आएको छ ।

भाउ घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० रुपैयाँ र डिजेलको भाउ १५५.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको भाउ प्रतिलिटर १६९ र डिजेलको भाउ १५७ रुपैयाँ कायम भएको छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको भाउ प्रतिलिटर १७० र डिजेलको भाउ १५८ रुपैयाँ कायम भएको छ ।

निगमका अनुसार खाना पकाउन प्रयोग हुने एलपी ग्यासको भाउ प्रतिसिलिन्डर ६.९७ रुपैयाँ बढेर आए पनि अहिलेलाई यथावत् राखिएको छ ।

images
प्रकाशित मिति :श्रावण १७, २०८१ बिहिवार - ०६:३०:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology