Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तिजको मौलिकता बोकेको "छोरी भ'र जन्मनु" गीतको म्युजिक भिडियो सार्वजनिक

तिजको मौलिकता बोकेको "छोरी भ'र जन्मनु" गीतको म्युजिक भिडियो सार्वजनिक

दैनिकी न्यूज

२८, श्रावण २०८१
तिजको मौलिकता बोकेको "छोरी भ'र जन्मनु" गीतको म्युजिक भिडियो सार्वजनिक
images

दोहा कतार । नेपाली समुदायमा एक कालो परम्परा अझै गाडिएको छ छोरा नजन्मेसम्म बच्चा जन्माई रहने । सात वटी छोरी जन्मिसक्दा पनि छोराको चाहना राख्नेहरू अझै पनि छन् । कुल र बशं धान्न पनि छोरो चाहिने एक रुढी बादी परम्परा अझै गडेको छ ।

सात वटी छोरी मध्य स्यानी कान्छी छोरीको विवाह एक जडीयॉ अबुझ केटासँग हुन्छ । ती स्यानी कान्छीको कर्मले पोइ मात्र हैन सासू पनि निकै रुखो स्वभाव र दुर्जन व्यवहारको पाउँछिन् । शुक्रवार बाबा ईन्टरटेनमेन्ट टिभी च्यानलबाट सार्वजनिक गरिएको तिज गीत ूछोरी भुर जन्मनुू मा उक्त कथा सहितको भिडियो समावेश छ ।

उक्त गीतका शब्द र गीत म्याग्दीमा जन्मिएर कतारलाई कर्मथलो बनाउदै आएका सञ्चारकर्मी तथा गीतसङ्गीत व्यवसायी तिलु शर्मा पौडेल र पर्वतमा जन्मिएर क्यानडालाई कर्मथलो बनाउदै आएका गायक तथा सर्जक प्रवेश पौडेलले मिलेर सङ्कलन गरेका हुन । पछिल्लो समयकी व्यस्त तथा सफल गायिका शान्ति श्री परियारले आवाज भरेको उक्त गीतको संगीत संयोजन याम थापा मगरले गरेका हुन ।

बुहारीका रूपमा स्मारिका ढकालको केन्द्रीय भूमिका रहेको गीतको भिडियोमा अंशु थापा महर्जनले सासूको भूमिकामा अभिनय गरेकी छिन । सन्ध्या अर्यालले जेठी छोरी ९नर्स० र वर्षा लम्सालले कलेज पढ्दै गरेकी कान्छी छोरीको भूमिका निभाएकी छिन । पछिल्लो समयका अति व्यस्त निर्देशक प्रवीण थापाको कथा तथा क्रोरियोग्राफीमा तयार भएको भिडियोलाई अजय रेग्मीले खिचेका हुन भने अमृत चॉपागाईले सम्पादन गरेका छन् ।

छोरी भएर जन्मनु कुन जुनीको पाप हो भन्दै सुरु हुने कथा छोरी र बुहारी बिच भिन्नता देख्न नहुने, नारी सबै एकै हुन भन्ने सन्देश मूलक कथामा सहित समावेश गरिएको छ । भाग दुई बनाउने लक्ष्य सहित भिडियोको अन्त्यमा माइतीको आगनीमा नाच्दै आफ्नो पिडा सुनाउँदै गरेकी बुहारी एक्कासि बेहोस हुँदै ढल्छिन् । सरल र आकर्षक भिडियोमा केही सस्पेन्स क्रियट गर्दै अन्त्यमा टु बि कन्टीन्युमा लगेर कथा तथा भिडियोको समापन गरेका छन्।

images
प्रकाशित मिति :श्रावण २८, २०८१ सोमवार - १९:५८:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology