Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अपि पावरले प्रस्ताव गर्यो लाभांश, बोनस र नगद कति ?

अपि पावरले प्रस्ताव गर्यो लाभांश, बोनस र नगद कति ?

दैनिकी न्यूज

९, भाद्र २०८१
अपि पावरले प्रस्ताव गर्यो लाभांश, बोनस र नगद कति ?
images

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ। भदौ ७ गते बसेको संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांशको घोषणा गरेको हो।

कम्पनीले नेपाल स्टक मार्फत दिएको जानकारीअनुसार गत आर्थिक वर्षको कमाईबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ४७३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव संचालक समितिबाट पारित भएको छ।

यससंगै अपि पावर कम्पनी गत आर्थिक वर्षको कमाईबाट लाभांश प्रस्ताव गर्ने पहिलो कम्पनी बनेको छ। उक्त प्रस्ताव हाइड्रोको नियामक बिद्युत नियमन आयोग र कम्पनीको आगामी बार्षिक साधारणसभाबाट स्वीकृत भएपछि कम्पनीका शेयरधनीहरुमा लाभांश वितरण हुनेछ।

कम्पनीले बार्षिक साधारणसभाको लागि बुक क्लोजको मिति तय गर्दा त्यो बेलासम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन। 

images
प्रकाशित मिति :भाद्र ९, २०८१ आइतवार - ०६:२८:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology