ललितपुर । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. १ स्थित तिमल्सिना चोकबाट लागु औषध ट्रामाडोल सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी वडा नं. ६ स्थित सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, २९ वर्षीय समित राजबंशी, गोदावरी नगरपालिका वडा नं. ७ बस्ने ३५ वर्षीय पदम लामा र महालक्ष्मी नगरपालिका वडा नं. ९ बस्ने २९ वर्षीय अमुल पोखरेल छन् ।
आइतबार साँझ उनीहरूलाई तिमल्सिना चोक स्थित चियाचु क्याफेबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए । प्रहरीले उनीहरूको साथबाट लागु औषध ट्रामाडोल ७० पत्ता, एक थान खुकुरी र मोटरसाइकल बरामद गरेको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।