काठमाडौं । साताको पाचौ कारोबार दिन बिहिबार घरेलु बजारमा सुनको भाउ घटेको छ । यो दिन तोलामा १ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको भाउ तोलाको १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । बुधबार भने सुन प्रतितोला १ लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यो दिन चाँदीको भाउ पनि बढेको छ । यो दिन चाँदी प्रतितोलामा १५ रुपैयाले बढेको हो । बिहिबार चाँदीको भाउ प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।