Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मन्दाकिनी हाइड्रोपावरको बोनससँगै नगद लाभांश प्रस्ताव

मन्दाकिनी हाइड्रोपावरको बोनससँगै नगद लाभांश प्रस्ताव

दैनिकी न्यूज

११, आश्विन २०८१
मन्दाकिनी हाइड्रोपावरको बोनससँगै नगद लाभांश प्रस्ताव
images

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । असोज ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ६१ करोड ५९ लाख ६८ हजार ६५३ रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । २०७९ साल साउन १७ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको यस कम्पनीले आर्थिक वर्ष ०७८-७९ सालदेखिनै लाभांश वितरण गर्दै आएको छ ।

उक्त वर्ष ५ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको कम्पनीले आर्थिक वर्ष २०७९–८० को लागि ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस अघिका वर्ष ५ प्रतिशत लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष शून्य दशमल २६ प्रतिशत विन्दुले लाभांश बढाएको हो ।

images
प्रकाशित मिति :आश्विन ११, २०८१ शुक्रवार - १०:२५:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology