Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपालद्वारा ओमान ३७ रनले पराजित

नेपालद्वारा ओमान ३७ रनले पराजित

दैनिकी न्यूज

१४, आश्विन २०८१
नेपालद्वारा ओमान ३७ रनले पराजित
images

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टी–ट्वान्टीमा नेपालले ओमानलाई पराजित गरेको छ।

क्यानडाको किङ सिटीमा गएराति सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो।

जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको ओमानले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३९ रनमा समेटियो। ओमानका लागि सोएविब खानले सर्वाधिक ४५ रनको योगदान दिए। त्यसैगरी रफिउल्लाले ३३ रन बनाए भने फयाज बुट्टले १७ रन जोडे।

ओमानलाई एक सय ३९ रनमा समेट्ने क्रममा नेपालका करण केसीले तीन विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट झारे। रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनाएको थियो।

नेपालका लागि गुल्शन झाले सर्वाधिक ४० रनको योगदान दिए। उनले १७ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ४० रन बनाएका हुन्। त्यसैगरी कुशल मल्लले ३० रनको योगदान दिए। उनले २६ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३० रन बनाए।

आसिफ शेख र अनिल शाहले समान २७–२७ रन बनाए। आशिफले २२ बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बना । अनिल साहले २१ बलमा तीन चौका र एक छक्काको मद्दतमा २७ रन जोडे।

त्यस्तै कुशल भुर्तेलले २० रन बनाउँदा कप्तान रोहित पौडेल दुई रनमा आउट भए। बलिङतर्फ ओमानका अकिब इलियासले सर्वाधिक तीन विकेट लिए भने सकिल अहमेद, फैयाज बुट्ट र जिशान मक्सूदले समान एक–एक विकेट लिए।

त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो। सिरिजमा नेपालको यो दोस्रो र ओमानको पहिलो खेल थियो। नेपालले अब तेस्रो खेल भोलि क्यानडासँग खेल्नेछ।

images
प्रकाशित मिति :आश्विन १४, २०८१ सोमवार - ०७:४४:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology