Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१४, आश्विन २०८१
आज सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (सोमबार) सुनको भाउ घटेको छ ।

लगातार बढेको सुनको भाउ साताको दोस्रो कारोबार दिन सोमबार पनि घटेको हो । यस दिन सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुनको भाउ १ लाख ६० हजार ६०० रुपैयाँ थियो ।

त्यसैगरी, यो दिन चाँदीको भाउ ५ रुपैयाँले घटेको छ । चाँदीको भाउ प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार ६०० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६६३ रुपैयाँ कायम भएको छ ।

images
प्रकाशित मिति :आश्विन १४, २०८१ सोमवार - ११:१४:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology