Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दक्षिण ललितपुर सडक,सञ्चार सम्पर्कविच्छेद, विजुली र खानेपानीको अभाव

दक्षिण ललितपुर सडक,सञ्चार सम्पर्कविच्छेद, विजुली र खानेपानीको अभाव

कृष्णप्रसाद घिमिरे

१६, आश्विन २०८१
दक्षिण ललितपुर सडक,सञ्चार सम्पर्कविच्छेद, विजुली र खानेपानीको अभाव
images

ललितपुर । देशकै राजधानी काठमाडौं उपत्यका र उपत्यका भित्र पर्ने काठमाडौ, भक्तपुर र ललितपुर जिल्ला मध्येको ललितपुर जिल्लाको दक्षिण ललितपुर यतिवेला सडक र सञ्चार सम्पर्कविच्छेद भएको छ। २०८१ साल असोज १० गतेदेखि १२ गत्तेसम्मसम्म परेको अविरल बर्षा र बर्षाको कारण आएको बाढी पहिरोले यतिबेला दक्षिण ललितपुरको अवस्था अज्ञात रहेको छ।

बाढी पहिरोको कारण विजुलीका पोलहरु ढलेका र तारहरु चुडिएर ४ दिनदेखि विद्युत पूर्ण रुपमा बिच्छेद भएको छ । विद्युत विच्छेद भएको कारण नेटवर्क पनि पुर्ण रुपमा विच्छेद छ ।

दक्षिण ललितपुरको नाका मानिने चापागाउँदेखि नै सडक सञ्जाल टुटेको छ। खानेपानी पूर्ण रुपमा बन्द छ। समग्रमा भन्नुपर्दा यतिबेला दक्षिण ललितपुरको अवस्था अज्ञात छ। सडक सञ्जाल, सञ्चार, विद्युत र खानेपानीसँग त्यहाँका जनताको सम्पर्क टुटेको आज पाँच दिन भैसक्यो ।

अविरल वर्षासँगै गएको बाढी पहिरोमा परेर हालसम्म दक्षिण ललितपुरको तीनवटा पालिकामा ठूलो जनधनको क्षति भएको छ। हालसम्मको जानकारीअनुसार कोन्ज्योसोममा ३ जनाको मृत्युु , महाँकालमा १० जनाको मृत्यु ३ जना वेपत्ता र वागमतीमा १ को मृत्युु १ वेपत्ता रहको प्रहरीले जनाएको छ ।

5053414a-8dc5-4b17-bdb4-f75e5d67f75e.jfif

कान्ति लोकपथको छपेलीसम्म केहि दिनमै सडक सञ्चालन हुनेगरी काम भै रहेको, विर्खेधार दलचोकी सडक संचालनमा ल्याउन काम भै रहेको, मध्यमार्गी सडक खुलाउने प्रयास भैरहेको छ । लेले चन्दनपुर सडक खुलाउने प्रयास भैरहेको छ। विजुली नहुँदा गाउँ घरमा निक्कै समस्या भएको छ । अझै पनि दशै अगावै गाउँमा विजुली सञ्चालन हुने कुरामा शंका छ।

विजुली र सडक नहुँदा गाउँमा खानलाई चामल नभएको र मकै पिसेर खानलाई पानी घट्ट बाढीले बगाएको र विद्युतीय मिलहरु सञ्चालन नभएकोले त्यहाँको जनजीवन कष्टकर हुँदै गएको छ। खानेपानीको मुहान पुरिएको, पाईपहरु बगाएको कारण खानेपानीको साह्रै समस्या रहेको स्थिति छ।

दक्षिणी ललितपुरको मुख्य व्यवसाय कृषि र पशुपालन रहेको र त्यहाँबाट उपत्यका भित्रनै दैनिक करिब १लाख लिटर दूध गाउँमै फाल्न वाध्य छन त्यहाँका किसान । सडक संजाल विच्छेद हुँदा पशुलाई दाना र अन्नको अभाव रहेको र पानी नहुँदा विजुलि नहुँदा दैनिक जीवन र नियमित काम र पशुपालनमा समेत ठूलो असर परेको छ।

संघीय राजधानीसँगैको जिल्ला र उपत्यका भनेर चिनिने जिल्ला यतिबेला पुरै अज्ञात रहेको छ। यतिबेला गाउँ गाउँमा परिवारमा सम्पर्क नहुँदा र गाउँको अवस्था थाहा नहुँदा सहर बस्ने व्यक्तिहरु साह्रै कष्टकर पैदलयात्रा गर्दै गाउँ घर र परिवारको अवस्था बुझ्न जानेको लर्को लगेको छ।

नेपालीहरुको महान चाड दशै नजिकै आइसकेको र यतिबेला दक्षिण ललितपुरलाई तीनै तहका सरकारले तिब्र गतिमा सडक संजाल, संचार, विजुली र खानेपानीको व्यवस्थापन गर्ने काममा तिब्रता दिनुपर्ने देखिन्छ साथसाथै नागरिक र जनस्तरबाट समेत विपत्तिको बेला सरकारलाई सहयोग गरि सबै एक आपसमा मिलेर अगाडि जानुपर्ने अवस्था देखिन्छ ।

images
प्रकाशित मिति :आश्विन १६, २०८१ बुधवार - ०६:५७:४९ बजे

 

कृष्णप्रसाद घिमिरे

घिमिरेले ललितपुर जिल्लाको दक्षिण ललितपुर भेगको स्थानीय सरोकारको विषयमा रिपोटिङ गर्नुहुन्छ ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology