Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आजदेखि दशैं शुरु, घटस्थापनासहित नवदुर्गाको पूजा आराधना गरिँदै

आजदेखि दशैं शुरु, घटस्थापनासहित नवदुर्गाको पूजा आराधना गरिँदै

दैनिकी न्यूज

१७, आश्विन २०८१
आजदेखि दशैं शुरु, घटस्थापनासहित नवदुर्गाको पूजा आराधना गरिँदै
images

काठमाडौं । आजदेखि हिन्दु धर्मावलम्बीहरुको महान् चाड विजया दशमी शुरु भएको छ । बडा दशैँको पहिलो दिन आज घटस्थापनासहित जमरा राखेर नवदुर्गाको पूजा आराधना गरिँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको उत्तम साइत रहेको जनाएको छ । समितिले उक्त साइतमा नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठामा जमरा राख्न सकिने बताएको छ ।

घरको पूजा कोठा वा दशैँ घरमा घटस्थापना गरिने धार्मिक परम्परा छ । आज स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी दशौं दिन मान्यजनको हातबाट विजयादशमीको टीका र जमरा लगाइन्छ ।

sait.jpg

images
प्रकाशित मिति :आश्विन १७, २०८१ बिहिवार - ०८:३६:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology