Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पेट्रोलियम पदार्थको भाउ बढ्यो

पेट्रोलियम पदार्थको भाउ बढ्यो

दैनिकी न्यूज

३०, आश्विन २०८१
पेट्रोलियम पदार्थको भाउ बढ्यो
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगम सञ्चालक समितिको बैठकले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक, डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार रुपैयाँ वृद्धि गरेको हो ।

काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ, सुर्खेत र दाङ क्षेत्रमा १५८ रुपैयाँ र अन्य क्षेत्रमा १५६‍‍‍.५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेलको मूल्य काठमाण्डौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर १५१ रुपैयाँ, सुर्खेत र दाङ क्षेत्रमा १५० रुपैयाँ र अन्य क्षेत्रमा १४८.५० रुपैयाँ कायम भएको छ ।

इजरायलले दक्षिणी लेबनानमा कारबाही तीव्र बनाएसँगै चर्किएको युद्धका कारण कच्चा तेलको मूल्यमा पछिल्लो समय उछाल आएको छ । यसैको असरले नेपालले भारतबाट आयात गर्ने तयारी इन्धनको मूल्य समेत वृद्धि भएको हो ।

images
प्रकाशित मिति :आश्विन ३०, २०८१ बुधवार - ०६:५०:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology