Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नबिल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

नबिल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

दैनिकी न्यूज

१५, कार्तिक २०८१
नबिल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
images

काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ। बैंकको कात्तिक १३ गते बसेको ६६८ औं संचालक समिति को बैठकले गत आर्थिक वर्ष २०८०–८१ सम्मको कमाईबाट आफ्ना शेयरधनीहरुलाई दश प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश मध्ये कर प्रयोजन सहित दश प्रतिशत नगद लाभांश रहेको छ भने यो वर्ष नबिलले बोनस सेयर प्रस्ताव गरेको छैन।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपछि तोकिएको समयसम्म कायम शेयरधनीहरुमा वितरण हुनेछ। बैंकले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गर्नेछ, सोही मितिसम्म कायम शेयरधनिहरुले मात्र लाभांश प्राप्त गर्न तथा साधारणसभामा भाग लिन पाउनेछन।

यस अवधिमा नबिल बैंक को चुक्तापूंजी २७ अर्ब ५ करोड रहेको छ। 

images
प्रकाशित मिति :कार्तिक १५, २०८१ बिहिवार - ०७:२१:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology