ललितपुर । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. ४ सानेपा बागडोलस्थित राजेन्द्र महर्जनको टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका वडा नं. ३ बस्ने ५० वर्षीय श्याम महर्जन समेत ११ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार ५ सय रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।