काठमाडौं । मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयरको उम्मेदवारमध्ये कसले जित्ने भन्ने चर्चा व्यापक बहसको विषय हुन थालेको छ ।
यसअघि निर्वाचित नेपाली कांग्रेस र एमाले पार्टीका उमेदवारहरू र माओवादी केन्द्रका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिएको भएतापनि माहोल माओवादीको पक्षमा देखा परेको छ ।
माओवादी उमेदवार शिवशरणसँग प्रतिस्पर्धा कांग्रेस उम्मेदवार कृष्णमान डंगोलको भए पनि कांग्रेसभित्रैवाट बागी उठेका कविर महर्जनसहित ४ जना स्वतन्त्र उम्मेदवारमा भोट बाँडिँदा उनको विगतमा पाएको मत ९ हजार ४३ मा झण्डै आधा घट्ने छ । विगतमा उनलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसले कीर्तिपुरमा उपमेयर जितेको छ) ले अहिले माओवादीलाई समर्थन गरेकाले कांग्रेसको २ हजार मत त स्वतः घटने देखिन्छ । त्यसबाहेक कांग्रेसका बागी स्वतन्त्र उमेदवार कविकुमार महर्जन एक्लैले कांग्रेसको १ हजारभन्दा बढी मत काट्ने छन् । कांग्रेसले मेयर जित्दा पनि कुनै काम गर्न नसकेको जनताको गुनासो सुनिएकाले यस पटक कांग्रेसले ५ हजार मत कटाउन नसक्ने स्वतन्त्र विष्लेषण छ ।

विगतको चुनावमा ५ हजार ५ सय ७ मत ल्याएको एमालेले पार्टीभित्रका राजमान मानवसहित ३ जना वागी उम्मेदवार मैदानमा खडा हुनु, पार्टीभित्र तीब्र मतभेद हुनु र विगतमा एमाले अध्यक्ष ओलीविरुद्ध गाली गलौजमा उत्रिएका सुरेन्द्र मानन्धरले टिकट पाउनु जस्ता कारणले ४ हजार मत कटाउन हम्मे हम्मे पर्ने देखिएको छ ।
विगतमा एमालेको राजनीतिमा रहेका राजमान मानवले स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेका कार्यकर्ताहरु नै उनको प्रचारमा खटेको देखिन्छ । स्थानीय सरकारको पहिलो निर्वाचनमा कीर्तिपुरमा मेयर जितेको एमालेले नगरपालिकामा बेथिति भित्र्याउँदा कीर्तिपुर धेरै पछि परेको छ । यस्तो अवस्थामा जनताले फेरि एमालेलाई भोट दिने रुची देखाएका छैनन ।
कीर्तिपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै उम्मेदवारी दिएको छैन । उसले माओवादी उमेदवार प्रा. डा. शिवशरण महर्जनलाई समर्थन गर्ने करिबकरिब निश्चित भएको छ ।
यस्तो अवस्थामा एमाले विभाजित हुनु, राजमानसहितले एमालेको प्रसस्त मत काट्ने, कांग्रेस पनि विभाजित हुनु, कविरसमेतले पर्याप्त मत काट्ने र पुर्व माओवादीहरू एकजुट हुनु र अझ नेकपा एस, जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीको समेत समर्थन पाउने अवस्था आइरहँदा माओवादी केन्द्रका उमेदवार प्रा. डा. शिवशरण महर्जनको जित सुनिश्चित प्राय भएको देखिन्छ ।
त्यसो त उमेदवारहरूको व्यक्तितब र पृष्ठभूमि हेर्दा पनि माओवादी उमेदवार शिवशरण सबैभन्दा उत्कृष्ट देखिएका छन् । ४३ वर्षसम्म त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराएका, विभिन्न विद्यालयको व्यवस्थापन समिति, खानेपानी समिति, समाजसेवाको कुशल नेतृत्व गरेका शिवशरणको व्यक्तित्व सबैभन्दा भन्दा अब्बल छ । उनी सबै उम्मेदवारका गुरु र अभिभावक समेत हुन् भने कीर्तिपुरको विकासमा पुरै समर्पित रैथाने समाजसेवी वौद्विक व्यक्ति हुन् ।
एमाले उमेदवार डा. सुरेन्द्र मानन्धर यसअघि संघीय निर्वाचनमा पराजित उम्मेदवार हुन् ।