Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माउण्टेन इनर्जी नेपालद्वारा १५ प्रतिशत लाभांश प्रस्ताव

माउण्टेन इनर्जी नेपालद्वारा १५ प्रतिशत लाभांश प्रस्ताव

दैनिकी न्यूज

१८, मंसिर २०८१
माउण्टेन इनर्जी नेपालद्वारा १५ प्रतिशत लाभांश प्रस्ताव
images

काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । । कम्पनीको हिजो मङ्सिर १७ गते साँझ बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०–०८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ रहेको छ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। कम्पनीले पुस २८ गते साधारणसभा गर्ने भएको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस संगै पुस १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले लगातार दोस्रो वर्ष १५।७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। कम्पनीले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट पनि १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.७८९५ प्रतिशत नगद गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो।

माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन् ।

images
प्रकाशित मिति :मंसिर १८, २०८१ मंगलवार - १०:५०:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology