काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको भाउ बढेको छ । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यसदिन चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ८ सय १५ रुपैँयामा कारोबार भएको थियो ।