Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

गार्डियन माइक्रो लाइफको आईपीओ निष्कासन आजदेखि

गार्डियन माइक्रो लाइफको आईपीओ निष्कासन आजदेखि

दैनिकी न्यूज

२१, पौष २०८१
गार्डियन माइक्रो लाइफको आईपीओ निष्कासन आजदेखि
images

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गरेको छ । निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्तामध्ये प्रथम चरणमा १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्कासन गरेको कम्पनीले ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्टाई बाँकी रहेको १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  

एकसय रुपैयाँ निर्धारण गरिएको यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै  लगानीकर्ताले मेरो सेयरबाट  समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा पुस २४ गते  र ढिलोमा माघ ६ गते हुनेछ। 

 

images
प्रकाशित मिति :पौष २१, २०८१ आइतवार - ११:४६:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology