Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गार्डियन माइक्रो लाइफको आईपीओ निष्कासन आजदेखि

गार्डियन माइक्रो लाइफको आईपीओ निष्कासन आजदेखि

दैनिकी न्यूज

२१, पौष २०८१
गार्डियन माइक्रो लाइफको आईपीओ निष्कासन आजदेखि
images

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गरेको छ । निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्तामध्ये प्रथम चरणमा १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्कासन गरेको कम्पनीले ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्टाई बाँकी रहेको १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  

एकसय रुपैयाँ निर्धारण गरिएको यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै  लगानीकर्ताले मेरो सेयरबाट  समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा पुस २४ गते  र ढिलोमा माघ ६ गते हुनेछ। 

 

images
प्रकाशित मिति :पौष २१, २०८१ आइतवार - ११:४६:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology