Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मौसम पूर्वानुमानः पहाडमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

मौसम पूर्वानुमानः पहाडमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

दैनिकी न्यूज

२८, पौष २०८१
मौसम पूर्वानुमानः पहाडमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सोही प्रभावका कारण आज आइतबार देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना छ ।

Lalitpur.gif

पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ भने हिमाली भेगमा हिमपातको सम्भावना छ । तराईका केही स्थानमा हुस्सु लागेको छ। 

आज दिनभर कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम  मुख्यतया  सफा रहेको छ ।

पहाडी क्षेत्रमा साधारणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

कोशी प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

राति हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ । तराई क्षेत्रमा भने साधारणतया बदली मात्रै रहने सम्भावना छ ।

images
प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - ०७:२७:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology