Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बढ्यो पेट्रोल डिजेल र मट्टितेलको भाउ

बढ्यो पेट्रोल डिजेल र मट्टितेलको भाउ

दैनिकी न्यूज

३, माघ २०८१
बढ्यो पेट्रोल डिजेल र मट्टितेलको भाउ
images

काठमाडौं । नेपाल आयल निगमले २०७९ माघ २ गतेदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको नयाँ भाउ सूची सार्वजनिक गरेको छ। भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको भाउ बढेको जनाउँदै निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३/३ रुपैयाँ बढाएको जनाएको छ।

Dainikeenews advertise 2081.10.03.PNG

नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर पहिलो वर्गका लागि रु।. १६९.५०, दोस्रो वर्गका लागि रु. १६७.१० र तेस्रो वर्गका लागि रु. १६५.१० कायम गरिएको छ। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि रु. १६१.२०, दोस्रो वर्गका लागि रु. १५८.१० र तेस्रो वर्गका लागि रु. १५६.१० निर्धारण गरिएको छ।

नयाँ मूल्य सूची लागू हुने क्षेत्रहरूलाई तीन वर्गमा विभाजन गरिएको छ। पहिलो वर्गमा चितवन, विराटनगर, नेपालगञ्जजस्ता क्षेत्र समावेश छन्। दोस्रो वर्गमा धनगढी र सुर्खेत पर्छन् भने तेस्रो वर्गमा घट्टाबजार, पोखरा र सिमराका क्षेत्र छन्।

नयाँ मूल्य माघ २ गते राति १२ः०१ बजेदेखि लागू हुनेछ। निगमले आफ्नो प्रेस विज्ञप्तिमा आगामी दिनमा बजारको स्थिति र मूल्यमा आउने उतारचढावलाई ध्यानमा राख्दै थप सुधारका उपाय अपनाइने उल्लेख गरेको छ।

Lalitpur.gif

images
प्रकाशित मिति :माघ ३, २०८१ बिहिवार - ०७:२७:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology