Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आजदेखि नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिन सकिने

आजदेखि नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिन सकिने

दैनिकी न्यूज

८, माघ २०८१
आजदेखि नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिन सकिने
images

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज (माघ ८ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्कासन थालेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि विशेष रुपमा आईपीओ ल्याएको हो।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्दैछ। यसमध्ये १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको छ।

कर्मचारीका लागि ३ प्रतिशत (६७ हजार ५०० कित्ता) र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत (१ लाख १२ हजार ५०० कित्ता) छुट्याइएको छ। बाँकी रहेको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन ‘मेरो शेयर’ अनलाइन प्रणाली तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत दिन सकिन्छ।

images
प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - ०८:३१:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology