ललितपुर । ललितपुर जिल्लाको बागमती गाउँपालिका–४ प्युटारमा एकीकृत निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविर शुक्रबारदेखि शुरु भई शनिबार सकिएको जनस्वास्थ्य कार्यालय ललितपुरका कार्यालय प्रमुख डा. भुवन पौडेलले बताए। पौडेलका अनुसार शिविरबाट ७८१ जनाले सेवा लिएका छन्। उनीहरूमध्ये प्रयोगशाला सेवा २५८, छाला रोग ९१, बालरोग १०१, हाडजोर्नी १५०, स्त्रीरोग/यौन रोग १३५, दाँत सेवा १०४, आँखा जाँच १९४ ले गरेका थिए । त्यस्तै आयुर्वेद सेवा १७०, अकुंपन्चर ४०, भिडियो एक्सरे ८७, क्षयरोग निदान ३३६, मानसिक रोग १९, मानसिक परामर्श ४२, मुटुरोग २०३, जनलर मेडिसिन २०९ र अनुगमन तथा पोषण परामर्श १८४ जनाले लिएका थिए ।
दुर्गम गाउँ बस्तीका अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, भौगोलिक कठिनाइका कारण सहजै रूपमा अस्पतालमा आएर स्वास्थ्य परीक्षण गर्न सकिने अवस्था नभएकोले प्युटारमा स्वास्थ्य शिविरमार्फत सेवा दिएको बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादु दर्लामीले । उपाध्यक्ष दर्लामीले भने,‘गाउँमै स्वास्थ्य शिविर बसेपछि सेवा लिने स्थानीयवासीको भिडभाड बढेको छ।’
जनस्वास्थ्य कार्यालय ललितपुर र गाउँपालिकाको पहलमा विशेषज्ञ डाक्टरसहित गाउँमा घुम्ती शिविर सञ्चालन गरिएको हो।
गाउँमै स्वास्थ्य शिविर सञ्चालनमा आएपछि यहाँका नागरिकलाई निकै राहत मिलेको वागमती–४, प्युटारका वडा अध्यक्ष रामकुमार लामाले बताए।
यो पनि पढ्नुहोस