Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आजदेखि संसद्को हिउँदे अधिवेशन

आजदेखि संसद्को हिउँदे अधिवेशन

दैनिकी न्यूज

१८, माघ २०८१
आजदेखि संसद्को हिउँदे अधिवेशन
images

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। बर्खे अधिवेशन सकिएको पाँच महिना ढिला गरेर आजबाट हिउँदे अधिवेशन सुरु हुन लागेको हो।

Dainikeenews advertise Final Health.jpg

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ।

आजको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्डु० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताले बोल्ने कार्यसूची छ।

आजका दुबै सदनमा सरकारका तर्फबाट ६ अध्यादेश पेश गर्ने कार्यसूची तय भएको छ। विपक्षी दलहरुले भने अध्यादेशको बिरोध गर्ने तयारी गरेका छन्।

हिजो सिंहदरबारमा बसेको विपक्षी दलहरुको बैठकले अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको थियो।

images
प्रकाशित मिति :माघ १८, २०८१ शुक्रवार - ०७:१५:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology