काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज विहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली छ भने अन्य स्थानहरूमा आंशिक बदली रहेको छ। साथै, देशका केही तराई भूभागमा हुस्सु तथा कुहिरो लागेको छ।
कोशी प्रदेशस् दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ। राति उच्च हिमाली क्षेत्रमा आंशिक बदली रही एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
मधेस प्रदेशस् दिउँसो तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। राति पनि मौसम सफा रहने सम्भावना छ।
बागमती प्रदेशस् दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ।
गण्डकी प्रदेशस् दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्र सफा रहनेछ।
लुम्बिनी प्रदेशस् दिउँसो आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। राति पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा सफा रहने सम्भावना छ।
कर्णाली प्रदेशस् दिउँसो र राति हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम सफा रहनेछ।
सुदूरपश्चिम प्रदेशस् दिउँसो र राति हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा सफा मौसम रहनेछ।
मौसम पूर्वानुमान महाशाखाले कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।