Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तोलामा १६ सयले बढ्यो सुनको भाउ

तोलामा १६ सयले बढ्यो सुनको भाउ

दैनिकी न्यूज

२४, माघ २०८१
तोलामा १६ सयले बढ्यो सुनको भाउ
images

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको भाउ बढेको छ। आज सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बुधबार सुन एक लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :माघ २४, २०८१ बिहिवार - ११:०६:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology