काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला बोलाएको छ । फागुन १० गते स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरिएको महासचिव देव गुरुङले बताए । भेला काठमाडौँमा हुनेछ ।

भेलामा पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरुको सहभागिता रहने उनको भनाइ छ ।
