Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गोदावरी ३ का अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री बितरण

गोदावरी ३ का अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री बितरण

केशव घिमिरे

३, फाल्गुण २०८१
गोदावरी ३ का अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री बितरण
images

ललितपुर । गोदावरी नगरपालिका वडा नं. ३ का अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री बितरण गरिएको छ । शुक्रबार नेपाल अपाङ्गता महिला समाजको ३१ औ साधारण सभाका अवसरमा गोदावरी नगरपालिकाको साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री बितरण गरिएको वडा अध्यक्ष सानुराज (राज) घिमिरेले जानकारी गराए । 

raj ghimire 1.jpg

सहायक सामग्री बितरण कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष घिमिरेले कोही पनि मानिस चाहेर अपाङ्ग बन्दैन भन्दै अपाङ्गता भएका ब्यक्तिलाई माया, प्रेम र स्नेह गरेर उनीहरुमा  हौसला र प्रेरणा जगाउनु पर्नेमा जोड दिएका थिए । 

Dainikeenews advertise Final Health.jpg 

'कतिपयले जन्मजात र कतिपयले विभिन्न कारणले अपाङ्गताको समस्या भोग्नुपरेको हुन्छ, अपाङ्गता भएका मानिस परिवारमा हुँदा पनि कति पीडा हुन्छ भने भोग्नेलाई त ज्यादै कठिन हुन्छ, तसर्थ उनीहरुका लागि हामीले निरन्तर सहयोग, समन्वय र सहकार्य गरेर काम गर्नुपर्छ।' उनले भने ।

Final Advertise aayurberdik.jpg

उनले अपाङ्गता भएका व्यक्तिहरु र अपाङ्गताका क्षेत्रमा काम गर्ने संस्थाहरुका लागि तीनै तहका सरकारले महत्त्वका साथ सहयोग गर्ने काम गर्नुपर्छ भने ।अध्यक्ष घिमिरेले अरु कसैको नजर नपुगेको ठाउँमा ध्यान दिएर काम गर्ने बताउँदै मनदेखि नै सहयोगको भावनाले बजेट ब्यवस्थापन गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०८१ शनिवार - २१:३८:३८ बजे

 

केशव घिमिरे

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology