काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ। आज सुन प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन एक लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।