●राजीव श्रेष्ठ
पीडाहरु मनभित्रै लुकाएर
जिउन सिकेको छु
राति राति मदहोशमै भएपनि
दुःखाई सहन सिकेको छु
ढलेर कसरी उठ्ने भन्ने
कला जसोतसो उठेर सिकेको छु,
उभिएर चार- पाँच पाईला
ठप्प ठप्प हिंडन सिकेको छु
छाडिजाने संसारको मोह त्याग्ने कसरी?
बिर्सिजाने मायालुको माया बिसाउने कसरी?
आयु घोतिंदै रितिंदै गरेको जीवन नियालेर
आफ्नै एक्लो अनि नीरस परिवेशमा
यदाकदा झुल्किएको किरणसित
आफैं हाँसेर भुल्न सिकेको छु
पीडाहरु मनभित्रै गुम्साएर
अरुको अगाडि फिस्स हाँस्न सिकेको छु
पीडाहरु मनभित्रै लुकाएर फेरि जिउन सिकेको छु।