Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तोलामा ९ सयले घट्यो सुनको भाउ

तोलामा ९ सयले घट्यो सुनको भाउ

दैनिकी न्यूज

१०, चैत्र २०८१
तोलामा ९ सयले घट्यो सुनको भाउ
images

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी एक हजार ९ सय ९५ रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :चैत्र १०, २०८१ आइतवार - ११:५१:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology