Logo

आइतवार, श्रावण २४ गते २०८३

images

घट्यो डिजेल र मट्टीतेलको भाउ

घट्यो डिजेल र मट्टीतेलको भाउ

दैनिकी न्यूज

१९, चैत्र २०८१
घट्यो डिजेल र मट्टीतेलको भाउ
images

काठमाडौं । सरकारले डिजेल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँले घटाउने निर्णय गरेसँगै उपभोक्ताले केही राहत पाउने भएका छन्। नेपाल आयल निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले भारतबाट प्राप्त नयाँ मूल्यसूचीको आधारमा डिजेल तथा मट्टितेल सस्तो बनाउने निर्णय गरेको हो।

निगमका अनुसार भारतबाट प्राप्त मूल्यअनुसार डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो। तर, पेट्रोलको भाउ भने ४५ पैसा प्रतिलिटरले बढेर आएको निगमले जनाएको छ। यद्यपि, पेट्रोलको भाउमा कुनै परिवर्तन नगरिने निर्णय गरिएको छ।

नयाँ मूल्यअनुसार अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १४९ रुपैयाँ कायम हुनेछ। यसअघि यी दुबै इन्धनको मूल्य १५१ रुपैयाँ थियो। यस निर्णयले सार्वजनिक यातायातसहित कृषि तथा उद्योग क्षेत्रमा प्रत्यक्ष असर पार्ने विश्वास गरिएको छ।

तर, पेट्रोलको मूल्य यथावत राखिएकोले निजी सवारी साधन प्रयोगकर्ताले भने तत्काल राहत पाउने छैनन्। पछिल्ला महिना हरुमा अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्य घट्दासमेत सरकारले मूल्य समायोजन गर्न ढिलासुस्ती गर्दै आएको भन्दै उपभोक्ताहरूले आलोचना गर्दै आएका छन्।

नयाँ मूल्य मंगलबार (चैत १८) बाट लागू हुनेछ।

images
प्रकाशित मिति :चैत्र १९, २०८१ मंगलवार - ०७:५५:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology