Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा विपद् व्यवस्थापन तालिम सम्पन्न

ललितपुरमा विपद् व्यवस्थापन तालिम सम्पन्न

दैनिकी न्यूज

२२, चैत्र २०८१
ललितपुरमा विपद् व्यवस्थापन तालिम सम्पन्न
images

ललितपुर । ललितपुरमा आज विपद व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । गोदावरी नगरपालिका वडा नं. ३ को सहयोग तथा नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाको समन्वयमा तालिम सम्पन्न भएको हो । सो अवसरमा राज्यले पत्रकारको क्षमता अभिबृद्धिमा पर्याप्त लगानी गर्नुपर्छ भन्नेमा कार्यक्रममा सहभागी सरोकारवालाहरुले जोड दिएका छन् ।

urmila lama.jpg

कार्यक्रमको प्रमुख अतिथि तथा बागमती प्रदेशसभा सदस्य उर्मिला लामाले पत्रकार भनेको समाजको ऐना हो भन्दै राज्यले राम्रो र उत्कृष्ट पत्रकार उत्पादन गर्न पर्याप्त लगानी गर्न सक्नुपर्नेमा जोड दिएका थिइन् ।

“पत्रकारको उचित पारिश्रमिक र सेवासुविधाका साथै क्षमता अभिबृद्धिको व्यवस्था गरिनुपर्छ, कानूनी रुपमा नै नीतिगत व्यवस्था गरेर पत्रकारितामा उत्प्रेरित गर्न राज्यले ध्यान दिनुपर्छ, बागमती प्रदेशमा नीतिगत योजना बनाउँदै गर्दा हामी यी बिषयहरुलाई सम्बोधन गर्न ध्यान दिनेछौं, पत्रकारहरुलाई सक्षम र सबल बनाउन योगदान दिने कुराले समाजलाई सकरात्मक दिशामा लैजान सहयोग पुग्छ, विपदको बिषयमा केन्द्रीत यस तालिमले नयाँ उर्जा सहित पत्रकारहरुमा सीप र दक्षता हासिलमा सफलता प्राप्त हुने छ।“ लामाले भनिन् ।

उनले पत्रकारहरुलाई विपद न्युनिकरण सम्बन्धी तालिम समय परिस्थिति अनुसारको कार्यक्रम भएको भन्दै जोखिम मोलेर विपदको समयमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने पत्रकारले आफूलाई सुरक्षित राखेर काम गर्न ज्ञान सीप हासिल गर्ने विस्वास व्यक्त गरिन् । उनले विपदमा पत्रकारिता जोखिमसंगसँगै चुनौतीपूर्ण हो भन्दै कठिन समयमा सफलतापूर्वक सुरक्षित काम गर्न सहयोग पु¥याउने धारणा राखिन् । उनले समाजलाई रुपान्तरण गर्न भूमिका निर्वाह गर्ने सन्दर्भमा पत्रकारहरुलाई दिइने यस्ता तालिमहरु महत्वपूर्ण हुने भन्दै समाजलाई अग्रगामी दिशातर्फ बढाउन पत्रकारको भूमिका अत्यन्तै प्रभावकारी हुने बताइन् ।

cdo 1.jpg

ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विपदको जोखिम न्युनिकरण सबैको साझा दायित्व भएको बताउँदै पत्रकारिता क्षेत्रको भूमिका प्रभावकारी हुने बताए ।

raj ghimire.jpg

गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष सानुराज (राज) घिमिरेले समाजमा धेरै किसिममा विपदका घटनाहरु हुने हुँदा सचेत नहुँदा ज्यान नै जानसक्ने हुँदा यसलाई गम्भीरतापूर्वक ध्यान दिएर सूरक्षित रहेर समाचार सम्प्रेषण गर्दै जनतालाई सुसूचित गराउन सफल हुने विश्वास व्यक्त गरे । समाजमा सकरात्मक प्रभाव पार्न पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने हुँदा विपदमा सबैले प्रभावकारी काम गर्नसक्नेगरी समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

ssp.jpg

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले समयसान्दर्भिक बिषयबस्तुमा आधारित रहेर सुरक्षालाई पहिलो प्राथमिकता दिएर पत्रकारिता गर्न प्रेरित गर्न यो तालिम प्रभावकारी हुने बताए । उनले बाढि र पहिरो चुनौती, प्रदुषणको चुनौतीकाबिच सुरक्षित रहेर समाचार सम्प्रेषण गरि आवश्यकताको उजागर गर्न सञ्चारकर्मीलाई सुसूचित गराउन यो तालिम सफल हुने विश्वास व्यक्त गरे ।

sp.jpg

सशस्त्र प्रहरी बल दक्षिणकाली गण सातदोबाटोका प्रहरी उपरीक्षक (एसपी) राजेश लामिछाने नागरिकको सुरक्षाका लागि विपदमा प्रभावकारी काम गर्न यो तालिमले ज्ञान, सीप र दक्षता प्रदान गर्ने विस्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्की पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि गरिने विभिन्न किसिमका तालिमहरु सञ्चालन गरिरहेको महासंघले विपदमा सुरक्षित रहेर समाचार संकलनका लागि ज्ञान र सीप प्रदान गर्ने अभिप्रायले यो तालिम आयोजना गरिएको बताए ।

sahabhagi 1.jpg

स्थानीय पत्रकार तथा युवाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ तालिम आयोजना भएको थियो । तालिममा भूकम्प, आगलागि, बाढी पहिरो, हावाहुरी, वायुप्रदुषण, शीतलहर, हिमपातजस्ता प्राकृतिक प्रकोपहरुबाट हुने हानी नोक्सानी र जोखिम कम गर्ने सम्बन्धमा छलफल गरिएको थियो ।

sahabhagi 3.jpg

तालिमका सहभागीहरुलाई प्राकृतिक विपद आउनु अघि, आएको समयमा र विपद आइसकेपछि जोखिम न्यूनीकरण गर्न कसरी तयारी गर्ने भन्ने बारेमा प्रशिक्षण प्रदान दिईएको थियो ।

कार्यक्रममा पूर्व चेतावनी प्रणाली, स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना, समावेशी बिपद जोखिम न्यूनीकरणलाई बिकास प्रक्रियामा मुल प्रवाहीकरण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि अन्तर स्थानीय तह सहकार्य, विपद् पूर्व तयारी र प्रतिकार्य योजना, विपद् जोखिम व्यवस्थापनका मानवीय सिद्धान्तहरु, मुलभुत मानवीय मापदण्ड र लैंगिक समानता र सामाजिक समावेशीकरण, खुल्ला क्षेत्रहरुको पहिचान र संरक्षण तथा शिविर समन्वय तथा शिविर व्यवस्थापन, जोखिमको वित्तिय व्यवस्था र जोखिम हस्तान्तरण संयन्त्र र स्थानीय तहमा विपद् जोखिम व्यवस्थापन कार्ययोजनाहरुको मार्गचित्रको बारेमा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।

images
प्रकाशित मिति :चैत्र २२, २०८१ शुक्रवार - १९:५४:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology