Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

दैनिकी न्यूज

२८, चैत्र २०८१
ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
images

ललितपुर । ललितपुर जिल्लामा क्रियाशिल पत्रकारहरूलाई लक्षित ‘सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ बिहीबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाको समन्वय तथा ललितपुर महानगरपालिका वडा नं. २१ को सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

sahabhagi4.jpg
कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वमन्त्री पम्फा भुसालले नेपालबाट खुसीले विदेश जाने र विदेशमा पुगेपछि नेपाललाई नै धारेहात लगाउने पद्धति हट्नुपर्छ भन्नेमा जोड दिएकी थिइन् ।
कार्यक्रमको उद्घाटन सत्रमा मन्तव्य राख्दै पूर्वमन्त्री भुसालले हर सन्दर्भ र आन्दोलनमा पत्रकार महासंघ र मिडियाले अद्वितीय भूमिका खेलेको भन्दै नेपालीहरुमा विदेश जाने सोचका साथ अध्ययन गराउने र युवा शक्तिलाई विदेश पठाएर नेपालमा केही पनि भएन भन्ने भनाईलाई अन्त्य गर्नुपर्ने धारणा राखेकी थिइन् ।
‘विदेशका सपना देखेर अध्ययन गर्ने र गराउने पद्धति हट्नुपर्छ, विदेशमा जाने बित्तिकै डलर फल्ने हैन, ४०/५० लाख खर्च गरेर परिवारमाथि ऋणको भार थपेर जानुपर्ने आवश्यकता छैन, हाम्रै देशमा विश्वस्तरीय शिक्षा प्रदान गर्ने विद्यालय र विश्वविद्यालय छ, खुसीले विदेश जाने र विदेशमा पुगेपछि नेपाललाई नै धारेहात लगाउने पद्धति हट्नुपर्छ, विदेश जाने संस्कारले राष्ट्रलाई फाइदा गर्दैन ।’ उनले भनिन् ।
पूर्वमन्त्री भुसालले प्रशासनले काम नगर्दा राजनीतिले दोष पाउने अवस्था छ भन्दै यसलाई सुधार्ने माध्यम भनेको मिडिया नै हो भन्नेमा जोड दिइन् ।
‘विचार सृजना गर्ने माध्यम मिडिया हो, यसप्रति काम गर्न मेरो आग्रह र अनुरोध छ, सामाजिक सञ्जाल र नयाँ प्रविधिका कारण पत्रकारिता समस्यामा छ, सामाजिक सञ्जालको अनुत्तरदायी भूमिकाले नकारात्मकता प्रवद्र्धन गरिरहेको छ, स्वच्छ, तथ्यगत, बस्तुगत समाचार सम्प्रेषणमा ध्यान दिनुपर्ने छ ।’ उनले भनिन् ।
उनले नेपालको परिवर्तनमा मिडियाले खेलेको भूमिका महत्वपूर्ण छ भन्दै पत्रकारहरु र मिडियाले आलोचनासँगसँगै सकारात्मक सन्देश प्रवाहमा पनि जोड दिनुपर्ने धारणा राखिन् ।
‘आलोचनात्मक समाचार दिने कुरा सही हो, तर नकारात्मकतालाई प्रोत्साहन गर्ने कुरा चाहिँ नराम्रो हो, मिडिया आलोचनात्मक हुनुपर्छ, तर नकारात्मक प्रवद्र्धन गर्ने चाहिँ हुनुहुँदैन, मानिसले बिहानको समाचार सुनेर धारणा बनाउँछन्, त्यसकारण मिडियाले पहिला सकरात्मक धारणा बनाउने गरी समाचार सम्प्रेषण गर्नुपर्छ, आलोचनात्मक हुनुपर्छ, नकारात्मक कुराको पनि व्याख्या गर्नुस्, तर नकारात्मक कुरालाई चिरेर सकरात्मक धारणा बनाउने आधार पनि तयार गर्ने गरी समाचार र विश्लेषण प्रस्तुत गर्नुस् ।’ उनले भनिन् ।
उनले नेपालमा केही पनि भएन भन्ने भनाई गलत भएको भन्दै नेपालमा मातृ मृत्युुदर, वालमृत्युदर घटेको, भौतिक पूर्वाधारको पनि विकास भएकोले यसलाई पनि स्वीकार गर्नुपर्नेमा ध्यानाकर्षण गराइन् ।

rabindra maharjan.jpg
ललितपुर महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष रविन्द्र महर्जनले समाजमा सकारात्मक कुरालाई प्रोत्साहन गर्दै भएको राम्रो कुरालाई जनतासामू प्रभाव पार्नु अहिलेको आवश्यकता रहेको बताउँदै कार्यक्रमहरु तय गर्दा युवा तथा महिलाहरूलाई बढि जोड दिएका छौँ भने । उनले पत्रकारिता क्षेत्रबाट सकारात्मक कुराहरुको समाजमा प्रचारप्रसार गर्दै सम्भावनाको खोजीलाई जोड दिने गरी लेखेर योगदान दिनुपर्ने बताए । सकरात्मक सोचको प्रशिक्षण दिँदा पत्रकारहरुलाको पनि काम गर्ने तौर तरिका, व्यवहारमा परिवर्तन भई प्रभावकारी रुपमा समाचार संकलन गर्न मद्दत पुग्ने विश्वासका साथ यो कार्यक्रम प्रदान गरिएको वडा अध्यक्ष महर्जनले बताए ।

ramhari final.jpg

नेपाल पत्रकार महासंघ ललितपुर जिल्लाका अध्यक्ष रामहरि कार्कीले किताबी ज्ञान भन्दा जीवनको भोगाइ र अनुभवबाट सीप आर्जन गर्नुपर्ने धारणा राख्दै कुनै पनि उद्देश्यअनुसार काम गर्दा सकारात्मक सोच राख्नुपर्ने बताए । उनले पद र अधिकारको सदुपयोग गर्दै समय व्यस्थापनमा बिशेष जोड दिनुपर्ने धारणा राखे ।

Dipak Aryal.jpg

महासंघका सचिव दिपक अर्यालले संकीर्ण सोचको अन्त्य गरी पत्रकारहरुले आफ्नो जीवनमा सधैँ सकारात्मक सोचकासाथ काम गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ ललितपुर जिल्लाका सहसचिव सौगात मिश्रले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्य बारेमा जानकारी दिएका थिए ।

trainer.jpg

प्रशिक्षणका क्रममा मन र मस्तिस्कलाई सकरात्मक ढंगले चलाउन सक्ने हो भने मानिसमा नकरात्मक भावनाहरु पैदा नहुने, लोभ क्रोध, मोह, अलंङ्कार त्याग्न सकिने भएकाले आफुले सधै शुभभावना लिनुपर्ने प्रशिक्षक कपिल शर्माले बताए ।

Certificate.jpg

 

images
प्रकाशित मिति :चैत्र २८, २०८१ बिहिवार - २२:३०:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology