Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेपाल सरकारको उपसचिव हुँ भनी ठगी गर्ने ललितपुरका न्यौपाने पक्राउ

नेपाल सरकारको उपसचिव हुँ भनी ठगी गर्ने ललितपुरका न्यौपाने पक्राउ

दैनिकी न्यूज

१०, बैशाख २०८२
नेपाल सरकारको उपसचिव हुँ भनी ठगी गर्ने ललितपुरका न्यौपाने पक्राउ
images

ललितपुर । नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको अभियोगमा दैलेख घर भई ललितपुर महानगरपालिका वडा नं. २५ बस्ने ४० वर्षीया जानकी न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका वडा नं. ११ त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

जानकीले विभिन्न व्यक्तिलाई फरक फरक परिचय दिई आफू कानून मन्त्रालयको उपसचिव हुँ, हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छु, तपाईलाई विमानस्थलको विभिन्न शीर्षकमा ठेक्का मिलाई दिन्छु सो प्रयोजनको लागि राजस्व र धरौटी रकम जम्मा गर्नुपर्छ भनी ७ लाख ६० हजार ८ सय रूपैयाँ लिएको र अन्य २ जना पीडितहरूलाई अनुदान तथा ठेक्का मिलाई दिन्छु भनी केही रकम लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

images
प्रकाशित मिति :बैशाख १०, २०८२ बुधवार - ०७:२०:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology