Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

देशभर तापक्रम बढ्ने क्रममा, सावधानी अपनाउन आग्रह

देशभर तापक्रम बढ्ने क्रममा, सावधानी अपनाउन आग्रह

दैनिकी न्यूज

११, बैशाख २०८२
देशभर तापक्रम बढ्ने क्रममा, सावधानी अपनाउन आग्रह
images

काठमाडौं । स्थानीय वायुको आंशिक प्रभावले देशभर अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने क्रममा छ।

मध्य र पश्चिमी तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना छ। त्यसैले गर्मीका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा प्रभाव पर्नसक्ने महाशाखाले जनाएको छ। विशेषगरी तराई-मधेशका क्षेत्रमा आगामी दुई दिन अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

images
प्रकाशित मिति :बैशाख ११, २०८२ बिहिवार - ०७:२२:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology