Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अपाङ्गता भएका युवायुवतीहरुको सशक्तीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

अपाङ्गता भएका युवायुवतीहरुको सशक्तीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

दैनिकी न्यूज

१७, जेठ २०८२
अपाङ्गता भएका युवायुवतीहरुको सशक्तीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
images

ललितपुर । अपाङ्गता सशक्तिकरण समाज नेपालको आयोजनामा ललितपुर महालक्ष्मी नगरपालिकामा अपाङ्गता भएका युवायुवतीहरुको सशक्तीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
महालक्ष्मी नगरपालिका ललितपुर समन्वयमा बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको साझेदारीमा शुक्रबार आयोजित समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका युवा युवतीहरुको सशक्तिकरण सहित समावेशी विकासको मुल प्रवाहिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
सचेतना कार्यक्रमको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै महालक्ष्मी नगरपालिकाको उपप्रमुख लक्ष्मी महर्जनले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण तथा समावेशी विकास सबैको साझा उत्तरदायित्व भएको बताइन् । समाजमा सबैलाई समान अवसर, पहुँच र सहभागिता सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको भन्दै उपप्रमुख महर्जनले यसप्रति महालक्ष्मी नगरपालिका प्रतिबद्ध रहेको धारणा राखिन् ।

महालक्ष्मी नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख विनिता शर्माले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको हितमा विभिन्न योजना र नीतिहरू लागू गर्दै आएको जानकारी गराइन् । उनले नगरपालिकाभित्र नीतिगत रुपमा अपाङ्गता मैत्री पूर्वाधार, अपाङ्गता परिचयपत्र वितरण, शिक्षा तथा सीपमूलक तालिम, स्वास्थ्य उपचारमा सहजीकरण लगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराउँदै यो मात्रै पर्याप्त नभएकोले अरु धेरै कार्यक्रमहरुका लागि नीतिगत व्यवस्था गरिने बताइन् ।
इन्क्लुसिभ सोलुसनका कार्यकारी निर्देशक अधिवक्ता मुकुन्दहरि दाहालले अपाङ्गता भएका युवायुवतीहरूलाई शिक्षा, सीप विकास, रोजगारी, स्वास्थ्य, प्रविधिमा पहुँच, र नीति निर्माणमा सहभागी गराउने प्रयासलाई तीव्रता दिनुपर्छ भन्दै उनीहरूलाई सामाजिक र आर्थिक रुपमा सक्षम बनाएर मात्रै समावेशी विकासतर्फ अघि बढ्न सकिन्छ भन्नेमा जोड दिइन् ।
ूअपाङ्गता भएका व्यक्तिहरुलाई हामीले समान अवसर दिएर अगाडि बढ्नुपर्छ, अपाङ्गता भएका व्यक्तिहरुको इच्छा, चाहान र उनीहरुमा भएको क्षमतालाई स्वीकार गर्दै हामीले सभ्य र सुसंस्कृत समाज निर्माण गर्नुपर्छ जहाँ हरेक व्यक्तिको क्षमता उजागर हुन पाओस्, हरेक आवाज सुुनियोस्, र हरेक अधिकार सुरक्षित रहोस्।ू उनले भनिन् । उनले बागमती प्रदेशबाट प्रत्येक बर्ष बजेट बिनियोजन हुने यस्ता कार्यक्रमहरुले युवायुवतीको सशक्तीकरण,समावेशीकरण, समावेशी विकास युवा उद्यमशीलतालाई जोड दिएको छ भनिन् ।
अपाङ्गता भएका महिलाहरुको महासंघका अध्यक्ष निर्मला धितालले नेपालमा अपाङ्गता भएका युवाहरूको सशक्तिकरणमा देखिएका मुख्य चुनौतीहरूका बिषयमा प्रस्तुतिकरण गरेकी थिइन् । उनले समाजमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरूलाई हीन दृष्टिकोणले हेरिन्छ भन्दै यसलाई सुधार गर्नुपर्नेमा जोड दिइन् ।
ूअपाङ्गता भएकाहरुलाई दया र आश्रितको रुपमा हेर्ने प्रवृत्ति छ, जसले आत्मविश्वास घटाउँछ, सबै विद्‌यालयहरू अपाङ्‌गमैत्री छैनन्, विशेष आवश्यकताहरू भएको शिक्षाको अभाव छ, सिकाइ सामग्रीहरु ब्रेल, सांकेतिक भाषा वा अन्य पहुँचयुक्त स्वरुपमा उपलब्ध हुदैन, अपाङगता भएका युवाहरुको प्रतिनिधित्व नीति निर्माण तहमा कम छ, यसमा ध्यान दिनुपर्ने छ।ू उनले भनिन् ।
उनले अपाङ्‌गता सम्बन्धी नीति, ऐन, र योजना भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन् ।

अध्यक्ष टेकनाथ न्यौपानेले समावेशी विकासको अवधारणाका लागि जोड दिन सशक्तीकरण आवश्यक छ भन्दै यसका लागि अपाङ्गता भएका युवायुवती सचेत भएर लाग्नुपर्नेमा जोड दिए । सडक निर्माण, भौतिक पूर्वाधारको विकास गर्दा अपाङ्गतामैत्री बनाउन अपाङ्गता भएका व्यक्तिहरुले जोडदार आवाज उठाउनुपर्ने बताए ।

संस्थाका सचिव इन्जिनियर कृष्ण महर्जनले अपाङ्गता भएकाहरुको क्षेत्रमा सबै मिलेर काम गर्दा लक्ष्य हासिल गर्न सहज हुने विश्वास व्यक्त गरे। उनले महालक्ष्मी नगरपालिकाभित्र अपाङ्गता समन्वय समिति बनाएर कार्यक्रम गर्ने नीतिलाई जोड दिंदै आवश्यकता र मार्गदर्शन अनुरुप आगामी बर्षका कार्यक्रम तय गर्ने बताए ।

images
प्रकाशित मिति :जेठ १७, २०८२ शनिवार - ०७:२९:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology