काठमाडौँ । सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा जेठ १८ गते सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिइएको हो।