Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ह्वात्तै बढ्यो सुनको भाउ

ह्वात्तै बढ्यो सुनको भाउ

दैनिकी न्यूज

२०, जेठ २०८२
ह्वात्तै बढ्यो सुनको भाउ
images

काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। आज सुनको भाउ प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुनको मूल्य एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

tamang Language (1).jpg

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६५ हजार २१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ५३ रुपैयाँ कायम भएको छ ।

images
प्रकाशित मिति :जेठ २०, २०८२ मंगलवार - १२:०५:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology